अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना पक्राउ
कास्की । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँ घर भइ कास्की पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।
उनीहरूले असार १७ गते बिहान तनहुँ म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग.८ प ४२८० नम्बरको मोटरसाइकलमा राखी कास्की पोखरा महानगरपालिका-११ रानीपौवा स्थित उनीहरूको कोठामा बन्धक बनाई सामुहिक रूपमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई पोखरा महानगरपालिका-३० पावरहाउसबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण