मुगुमा यार्सालगायत सामान लुट्ने समूहका ३ जना पक्राउ
मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका ३ जनालाई हतियारसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न ३ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।
जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट हतियारसहित प्रहरीले ६ जनालाई पक्राउ गरिएकामा प्रारम्भिक अनुसन्धानबाट ३ जनाको संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताए ।
गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौका छोपी ८ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र रु ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले प्रहरीमा उजरी गरेका थिए ।
घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट नेपाल आर्मीको ड्रेसलगायत सामान बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान ( बिक्री गरेर पश्चात् जुम्ला प्रहरीमार्फत बरामद गरेको छ ।
प्रहरीकानुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण