कल्कीको सफलतापछि प्रभासले गर्लान् बिहे ?
नयाँ दिल्ली । प्रभास तेलुगु फिल्म उद्योगका ठूला स्टार मध्ये एक हुन् । फिल्म बाहेक उनी आफ्नो निजी जीवनका कारण पनि चर्चामा आइरहन्छन् । यतिबेला अभिनेता आफ्नो फिल्म कल्की २८९८ एडीको सफलताको स्वाद चाखिरहेका छन् । यसैबीच उनको बिहेको चर्चा चर्किएको छ । खबरहरुका अनुसार कृष्णम राजुकी पत्नी तथा प्रभासकी काकी श्यामला देवीले अभिनेताको विवाहसँग सम्बन्धित पछिल्लो अफवाहहरूमा प्रतिक्रिया दिएकी छिन् ।
एक अन्तरवार्तामा बोल्दै उनले अहिले बिवाह बन्धनमा बाँधिनेबारे प्रभासले सोची नरहेको बताएकी छिन् । ‘उनी आफ्नो करियरमा व्यस्त छन् र बिहे त्यस्तो चीज हो जुन सही समय आएपछि हुन्छ ।’ श्यामला देवीले भनेकी छिन् । अभिनेता प्रभासले ४० वर्ष नाघिसके । फ्यानहरू उनले बिहे कहिले गर्लान् भनेर जान्न उत्सुक छन् । तर श्यामला देवीको भनाइ सुन्दा अभिनेता छिटै बिहे गर्ने मूडमा छैनन् ।
कल्कि २८९८ एडीको को सफलतापछि अहिले प्रभास युरोपमा छुट्टी मनाइरहेका छन् । कल्कि २८९८ एडीको कुरा गर्नु पर्दा फिल्मले बक्स अफिसमा धुँवाधार कमाई गरिरहेको छ । ११ दिनमा भारतीय बक्स अफिसमा मात्रै फिल्मले ५०० करोड भारु कमाइ सकेको छ ।
आइतबार फिल्मको कलेक्सनमा ठूलो उछाल आएको थियो । सबै भाषामा गरेर फिल्मले भारतमा आइतबार ४१ करोड ३० लाख भारु कमायो । योसँगै भारतमा फिल्मको कमाई ५०७ करोड भारु पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण