यी १० जिल्ला, जहाँ छन् सबै भन्दा बढी ७२० जना डेंगु सङ्क्रमित
काठमाडौँ । देशभर १ हजार ४ सय ८३ जना डेंगु सङ्क्रमित रहेकामा काठमाडौँलगायत दश जिल्लामा मात्र ७२० जना सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ लगायत दश जिल्लामा ७२० जनामा डेंगु देखिएको हो ।
सोमध्ये काठमाडौँमा १६५ जनामा डेंगु सङ्क्रमण भएको छ । यस्तै, झापाका १२३ जनामा डेंगु पुष्टि भएको छ । चितवनमा ८६ जना, मकवानपुरमा ६८ जना, तनहुँमा ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ओखलढुङ्गाका ५० मा डेंगु देखिएको छ भने डोटीमा ४९ मा डेंगु सङ्क्रमण भएको छ । यस्तै, भोजपुर र सिन्धुपाल्चोकका ४६÷४६ जनामा डेंगु सङ्क्रमण भेटिएको ईडीसीडीको तथ्याङ्क छ । काठमाडौँसँगै सिमाना जोडिएको भक्तपुरका ३५ जनामा डेंगु पुष्टि भएको छ ।
देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दै गएको छ । देशभरमा पछिल्लो पटक ५१ जनामा डेंगुका नयाँ सङ्क्रमित थपिएसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ८३ पुगेको छ ।
हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण