‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण बजारमा
मङ्गलबार, २५ असार २०८१, ११ : ५५
काठमाडौँ । पुस्तक ‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण हालै प्रकाशित भएको छ । कमल रिजालद्वारा लिखित सो पुस्तकलाई मानव सेवा फाउन्डेसन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।
प्रागैतिहासिक विज्ञान र वैज्ञानिकहरूबारे उत्खनन गरिएको पुस्तकमा विज्ञान र प्रविधिपरक वैदिक मन्त्रद्रष्टा ५९ जना ऋषिहरूको व्यक्तित्व र कृतित्वका सम्बन्धमा सम्यक् विवेचन भएका छन् ।
लेखक रिजालका अनुसार पुस्तकले सर्वप्रथम विश्वमा मानवसभ्यताको शङ्खघोष गर्दै विश्वबन्धुत्वको पाठ पढाउने मनीषिहरूको ज्ञान र देन केलाउने काम गरेको छ ।
प्रकाशक मानव सेवा फाउन्डेसनका अनुसार मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको सहयोगार्थ प्रकाशित प्रस्तुत पुस्तकले वेद र विज्ञान बुझ्न चाहनेका लागि आँखी झ्यालको काम गर्ने गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण