पूर्वका साना खोलामा बाढीको जोखिम
काठमाडौँ । हाल मुलुकका पूर्वी भागका साना खोलाहरूमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।
सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो । उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ ।
धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुरकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
विभागका प्रवक्ता सुनिल पोखरेलले आजका लागि खासगरी मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । “आज पूर्वका साना नदीहरूमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानीहरूलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ,” उनले भने, “बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्न सक्छ ।”
प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिइहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट परे । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ ।
“ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन प्रवक्ता पोखरेलले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
-
नेपालमै सहजै रासायनिक मल उत्पादन सम्भव छ
-
किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
-
कर्णालीको मिटर अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधान हुँदै, ७ दिनभित्र थप ३ हजार मिटर पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण