राजीनामा दिन मुख्यमन्त्री जम्कट्टेललाई एमालेको आग्रह
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिन नेकपा एमालेले आग्रह गरेको छ । मंगलबार एमाले बागमती संसदीय दलले विज्ञप्ति जारी गर्दै वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकाले मुख्यमन्त्री जम्कट्टेललाई यथाशीघ्र राजीनामा दिन आग्रह गरेको हो ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि भनिएको छ । सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले तत्काल महत्त्वपूर्ण निर्णयहरू नगर्न एमालेले भनेको छ ।
देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले पहलकदमी लिएको र सोही अनुसार प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन पनि एमालेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका ५ जना मन्त्रीहरूले राजीनामा पनि दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण