विश्वभर बढ्यो क्रिप्टोकरेन्सीको चोरी
काठमाडौँ । विश्वभर क्रिप्टोकरेन्सीको चोरी बढेको छ । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा ह्याकरहरूले १ अर्ब ३८ करोड मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरिएका ब्लकचेक अनुसन्धान कम्पनी टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
यस वर्षको जनवरी १ देखि जुन २४ सम्मको अवधिमा सो परिमाणमा क्रिप्टोकरेन्सी चोरी भएका हुन् । चोरीको यो आकार गएको वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । गएको वर्षको सोही अवधिमा विश्वभर ६५ करोड ७० लाख डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएका थिए ।
गएको वर्ष जस्तै यस वर्षपनि अधिकांश क्रिप्टो औँलामा गन्न सकिने केही ह्याकरहरूले लगेका छन् । यस वर्षको पहिलो पूर्वाद्र्धमा चोरी भएका क्रिप्टोकरेन्सीमध्ये ७० प्रतिशत पाँच ह्याकरहरूले लगेको प्रतिवेदनले देखाएको छ । यस वर्ष भएको सबैभन्दा ठूलो क्रिप्टो चोरी जापानी क्रिप्टो विनिमय मञ्च डीएमएम बिट्क्वाइनको ३० करोड डलरभन्दा धेरैको चोरी हो ।
ह्याकरहरूले चोरिएका निजी किहरू प्रयोग गरेर चोरी गरेको बताइएको छ । यसमा ह्याकरहरूले प्रयोगकर्ताको जस्तै खालको देखिने ठेगाना भएको वालेटबाट थोरै क्रिप्टो पठाउँछन् । अनि प्रयोगकर्ताले झुक्किएर आफ्नो वालेटमा पठाउनुपर्ने पैसा सो वालेटमा पठाउँछन् । यो वर्षको पूर्वाद्र्धमा क्रिप्टो करेन्सीको भाउ बढेको थियो । यसले पनि चोरी बढाएको हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण