पाँच मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्मकट्टेलको काँधमा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेलको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिँदै ५ मन्त्रीले सामूहिक राजीनामा दिएसँगै मुख्यमन्त्रीको काँधमा थप जिम्मेवारी आइपरेको हो ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तनको सहमति बनेसँगै प्रदेश सरकारबाट गत असार २४ गते एमाले सरकारबाट बाहिरिएको हो । २०८० चैत १७ मा सरकारमा सहभागी भएको एमालेले ४ महिनामा नै सरकारबाट बाहिरिएर संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्रीको राजीनामा गराएको हो ।
केन्द्रमा एमाले कांग्रेस सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि सोहीअनुसार सरकार गठनका लागि एमालेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामा पछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मौजुदा मन्त्रिपरिषद्को पुनः गठन गरेका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा मन्त्री विहीन रहेका मन्त्रालयहरू आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय; स्वास्थ्य मन्त्रालय; खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कार्यभार उनैलाई तोकेका हुन् ।
प्रदेशका १३ मन्त्रालय मध्ये ८ मन्त्रालयमा मन्त्रीहरू कायम रहेका छन् । सरकारमा ८ मन्त्रालय मध्ये माओवादी केन्द्रका ४, एकीकृत समाजवादीको ३ र हाम्रो नेपाली पार्टीको १ मन्त्री कायम रहेका छन् । सरकारमा मुख्यमन्त्री जम्कट्टेलसहित माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कनुन मन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, युवा तथा खेलकुद मन्त्री रमा आलेमगर र संस्कृति पर्यटन तथ सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य कायम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण