बढ्यो चीनतर्फको आयात–निर्यात
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले खुम्चिएको जानकारी दिएको हो ।
तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२.७ प्रतिशलते घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ४.५ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको छ ।
यस्तैअन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतको गिरावट आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायत वस्तुको निर्यात बढ्दा पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, ब्रान्स, चया लगायत वस्तुको निर्यात घटेको छ ।
यस अवधिमा आयातमा समेत गिरावट आएको छ । यो अवधिमा १.८ प्रतिशतले अर्थात १४ खर्ब ५३ अर्ब रुपैयाँले आयात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतको गिरावट आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात ३४.८ प्रतिशतले बढेको छ ।
अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर्स पार्टपुर्जा, तयारी पोशा, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयस पार्टपुर्जा, लत्ताकपडा लगायत वस्तुको आयात बढेको छ भने कच्चा तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायत वस्तुको आयात घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण