नेपालीको भ्रमण व्यय ३४ प्रतिशतले बढ्यो, ११ महिनामा १ खर्ब ७५ अर्ब बाहिरियो
बुधबार, २६ असार २०८१, १७ : ५३
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको अवधिमा खुद सेवा आय ५८ अर्ब ६ करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनाको अवधिमा सेवा आयतर्फको खाता उक्त मूल्यले घाटामा देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड रुपैयाँ थियो ।
यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब १७ अर्ब १ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ३० अर्ब रहेकामा शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण