अपर हेवाखोला हाइड्रोपावरले लाभांश दिन सकेन
काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भीमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ भने रिक्त रहेको सर्वसाधारण तर्फबाट इन्द्रप्रसाद लामिछानेलाई चयन गरेको छ ।
कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।
त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् । यस अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश दिन सकेन ।
कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैत महिनादेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण