कर्मचारीद्वारा कुखुरा फर्म सञ्चालकको हत्या आशंका
विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र बीभत्स अवस्थामा हत्या गरिएको अवस्थामा फेला परेका सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
बिहीबार बिहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले हत्या भएको पुष्टि गर्दै घटनामा संलग्नको पहिचान भइसकेको बताए । ‘घटनामा कुखुरा फर्ममै काम गर्नेहरूबाटै हत्या भएको आशंका गरिएको छ ,’ उनले भने, ‘उनीहरू अहिले फरार छन् । खोजी कार्य भइरहेको छ ।’
घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहीबार करिब साढे १० बजे शव फेला परेको हो । प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।
बजगाईंको कुखुरा फार्ममा काम गर्नका लागि एक दम्पती बसेका थिए । घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण