विपद्का बेला केही दिन सरकार परिवर्तन नगर्दा आकाश खस्दैन : सांसद सुवेदी :
काठमाडौँ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले चितवनमा पहिरोका कारण भएको बस दुर्घटनामा ६४ जना बेपत्ता भएको विषय उठाउँदै रातीको समयमा यात्रु बस सञ्चालनमा रोक लगाउन माग गरेकी छिन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवेदीले सडकको अवस्था, जोखिमको बारेमा भरपर्दो सूचना दिने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले विपद्को बेलामा सरकार परिवर्तन गर्न आवश्यक नरहेकोमा जोड दिएकी छिन् ।
उनले भनिन्– ‘देश गम्भीर विपद्को अवस्थामा रहेको छ, तर हाम्रा विपक्षीहरू सत्ता परिवर्तनको खेलमा व्यस्त छन् । सबै मिलेर केही समय जनतामा पीडामा सहभागी हुनुपर्छ, हुनुपर्ने बेला हो यो । सरकार दश पन्ध्र दिन परिवर्तन नगर्दा नेपालमा आकाश खस्ने र धर्ती फाट्ने थिएन । तर सत्ताको खेल निकै निर्मम हुँदो रहेछ, म अहिले टिचिङ अस्पतालमा जीवन मरणको अवस्थामा रहेका मनमोहन अधिकारी र उहाँलाई सत्ताबाट बेदखल गर्न उद्यत विपक्षीले संसद्मा गरेको बहस र यो बहस सम्झिरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण