दुई दल आफैँ मिलेको हैन, अरूले मिलाएको हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दलबिच लुकेर राष्ट्रिय सहमति नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रचण्डले कांग्रेस एमाले दुई दल आफैँ मिलेको सत्य नभएको बताए ।
उनले भने– ‘दुई दल आफैँ मिलेको हैन, तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो, घाम जतिकै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिल्न लागेको भनेर राष्ट्रिय सहमतिको झुटको बर्को ओढी राख्नुभएको छ । आफ्नो पङ्क्ति र जनतालाई गुमराह गर्ने कोसिस भइरहेको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन । राष्ट्रिय सहमति सदनमा भएका सबै दलहरूलाई राखेर बिचार विमर्श गरेर मात्र हुन सक्छ ।’
उनले कांग्रेस एमालेबिच असार १७ गते राती सहमति भएर हस्ताक्षर भए पनि १८ गते एमाले अध्यक्ष केपी ओलीले सहमति भएकै छैन भनेर झुट बोलेको बताए । त्यसबारे आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्दा देउवाले म झुट बोल्दिन भन्दै सहमति भएको बताएको उल्लेख गरे । उनले ओलीमा ढाँट छलको सीमा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण