नक्कली शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढालियो : रवि लामिछाने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले सरकार के कारणले ढल्यो र कांग्रेस र एमालेबिचको सहमति के भयो भनेर ढाँट्ने काम भएको बताए ।
उनले भने, ‘यो देशको सरकार किन ढल्यो बच्चा बच्चालाई थाहा छ ? केही नियुक्ति र बेचैन झा र प्रतीक थापाको पक्राउ बाहेक यो सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन । आज यो संसदमा म गर्वका साथ भन्छु, २१ सिटको दल, ४ वटा मन्त्रालय, सदनमा विरोध, अदालतमा मुद्दा, सडकमा पुत्ला, चारैतिर हंगामा, यति थोरै समयमा यति धेरै हाइप्रोफाइल मान्छेहरूको पक्राउ । केहीको त मैले नाम नै लिनुहुँदैन, लोकतन्त्र खतरामा पर्छ । प्रेस स्वतन्त्रता खतरामा पर्छ । विषय एउटा छ, सक्नुहुन्थ्यो त्यो धान्न ? राष्ट्रिय हैन अन्तर्राष्ट्रिय कति ठाउँबाट विज्ञप्ति आए ? कति ठाउँबाट विज्ञप्ति चढाउन गए । राजाका पालामा दाम चढाउन गएको सुनेको थिएँ, एउटा विज्ञप्ति नचढाई त सोसाइटीमै परिँदैन भनेर एउटा कोही मान्छे पक्राउ पर्दा विज्ञप्ति चढाउन जानुभएको होइन ? दुःख लाग्छ ।’
उनले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अभियुक्तलाई भेट्न गएर आफू तिनीहरूलाई ठिक पार्छु भनेर सांसदहरू लिएर सान्त्वना दिने ठाउँमा सुशासन भेटिन्छ भन्दै प्रश्न गरे ।
उनले अब छानबिन समितिमा गठबन्धनको बहुमत पुगेकोले आफूलाई ठग प्रमाणित गर्न सजिलो भएकोले ठग प्रमाणित गरेर जेल हाल्न आग्रह गरे । उनले आफू जेल जान तयार रहेको र सुरुवात सत्यबाट हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण