सत्ता राजनीति
दाबी पेस गर्दा ओलीले समेटेनन् साना दल
शुक्रबार, २८ असार २०८१, २२ : ३९
१
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई बेवास्ता गरेका छन् । उनले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसदमात्रैको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् ।
दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार ओलीले राष्ट्रपतिसमक्ष पत्र बुझाउँदै कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाउँदै आग्रह गरेका हुन् ।
ओलीलाई सत्ता यात्रामा साथ दिन राप्रपासहित साना दलहरु जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दल सकारात्मक छन् । तर, उनले सरकार निर्माणको प्रक्रियामा कांग्रेसको मात्रै साथ लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण