महेन्द्रवादी र देशभक्त एउटै हो भने ‘महेन्द्र तक्मा’को व्यवस्था गरौँ : मैनाली
काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमद्वारा लिखित ‘राष्ट्रवादको आलोकमा राजा महेन्द्रको डायरी’ नामक पुस्तक सार्वजनिक गरिएको छ । शनिबार एक कार्यक्रमकाबिच ‘राष्ट्रवादको आलोकमा राजा महेन्द्रको डायरी’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक विमोचन कार्यक्रममा नेकपा(माले)का महासचिव एव वामपन्थी नेता सिपी मैनालीले पृथ्वीनारायण शाह जन्मेको दिन नभएर सिन्धुलीगढीको युद्ध जितेको दिनलाई एकीकरण दिन मान्नुपर्ने दाबी गरे । नेता मैनालीले अहिले देशभक्तहरूलाई गाली गर्दै ‘महेन्द्रवादी’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै महेन्द्रवादी र देशभक्त एउटै हो भने पृथ्वी तक्मा दिएजस्तै ‘महेन्द्र तक्मा’ दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘हामीले एकीकरण दिवस भनेर यदि कुनै दिनलाई मान्ने हो भने पृथ्वीनारायण शाह जन्मेको दिनलाई होइन सिन्धुलीगढीको युद्ध जितेको दिनलाई मान्नुपर्छ । किनभने त्यसले मात्र हामीलाई एकीकरणको सही अर्थ स्थापित गर्छ । अहिले देशभक्तहरूलाई प्रशंसामा होइन गालीमा महेन्द्रवादी भन्ने गर्छन् । प्रशंसामा महेन्द्रवादी भन्नुपर्ने हो । देशभक्त हो भने पृथ्वी तक्मा दिएजस्तै महेन्द्र तक्मा दिने व्यवस्था गर्नुपर्ने हो ।’
उनले नेपाललाई कसरी हुन्छ विदेशीको नियन्त्रणमा लैजाने दोस्रो चरणको रणनीति सुरु भएको पनि बताए । उनले पुराना दलहरू सबै लम्पसारवादी भएको आरोप लगाए । उनले भने,‘हाम्रो राजनीतिमा अहिले लम्पसारवाद हाबी भएको छ । विदेशीहरूको दबाबमा छ । सबै पुराना दलहरू सबै लम्पसारवादी भएका छन् । विदेशी हैकम आमाले पस्केर दिएको घिउ भात जसरी खाइदिन्छन् ।’
लेखक गौतमले नवीन पुस्तालाई नेपाली राजतन्त्रको महिमा र इतिहासको गरिमाबोध गराउन पुस्तक सहयोगी बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण