अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको चुनावी र्यालीमा चल्यो गोली
आइतबार, ३० असार २०८१, ०६ : ५४
अमेरिका । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्यालीमा गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्यालीमा गोली चलेको हो ।
पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ ।
घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण