मन्त्रालयबाट बाहिरिँदै खेलकुदमन्त्रीले भने, ‘सबैजना मेरो मार्गदर्शक हुनुभयो’
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमानदारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् ।
उनले भने, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग व्यक्तिगत आग्रह पूर्वाग्रह थिएन । एकदमै ओपनमाइनडेड भएर आएको हुँ । मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिए ।’
साथै उनले धेरै राम्रो गर्न मन हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएकोमा दुःख लागेको बताए । उनले छोटो समयमा पनि क्षमताले भ्याए जति काम गरेको जिकिर गरे ।
उनले भने, ‘हामी यताबाट गइसकेपछि अब प्रतिपक्षमा हुन्छौँ । खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ ।’
साथै उनले खेलकुदमा भएका उपलब्धि सामूहिक भएको बताए । उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण