मन्त्रालयबाट बाहिरिँदै खेलकुदमन्त्रीले भने, ‘सबैजना मेरो मार्गदर्शक हुनुभयो’

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमानदारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् ।
उनले भने, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग व्यक्तिगत आग्रह पूर्वाग्रह थिएन । एकदमै ओपनमाइनडेड भएर आएको हुँ । मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिए ।’
साथै उनले धेरै राम्रो गर्न मन हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएकोमा दुःख लागेको बताए । उनले छोटो समयमा पनि क्षमताले भ्याए जति काम गरेको जिकिर गरे ।
उनले भने, ‘हामी यताबाट गइसकेपछि अब प्रतिपक्षमा हुन्छौँ । खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ ।’
साथै उनले खेलकुदमा भएका उपलब्धि सामूहिक भएको बताए । उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर