अन्तिम टी–२० मा भारत विजयी, शृङ्खलामा ४-१ ले कब्जा
हरारे । आइतबार हरारे मैदानमा भएको पाँचौँ टी–२० मा पनि भारतले जिम्बाब्वेलाई हराएको छ । योसँगै भारतले ५ खेलको टी–२० शृङ्खला ४–१ ले जितेको हो ।
पाँचौँ टी–२० मा जिम्बाब्वेले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ । कप्तान सिकन्दर रजाको निर्णय पावरप्लेसम्म सही साबित भयो । भारतले पावरप्लेमा कप्तान शुभमन, ओपनर यशस्वी र अभिषेक शर्माको विकेट गुमाएको थियो । त्यतिबेला स्कोर मात्र ४६ रन थियो ।
यसपछि सञ्जु सामसनले अर्धशतक बनाउँदै रियान परागसँग ६५ रनको साझेदारी गरे । सामसनले ५८ रन तथा परागले २२ रन बनाए । डेथ ओभरमा शिवम दुबेले चौका र छक्का प्रहार गर्दै टोलीको स्कोर १६७ रनमा पुर्याए । उनले १२ बलमा २६ रन जोडे ।
१६८ रनको लक्ष्य पछ्याउँदा मुकेश कुमार र शिवम दुबेले जिम्बावेलाई समस्यामा परेका थिए । मुकेशले पावरप्लेमा २ र १९ औँ ओभरमा थप २ विकेट लिए । शिवम दुबेले मध्य ओभरमा कसिलो बलिङ गर्दै २ विकेट लिए । जिम्बाब्वेको टोली १८.३ ओभरमा १२५ रनमा अलआउट भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण