अन्तिम टी–२० मा भारत विजयी, शृङ्खलामा ४-१ ले कब्जा

हरारे । आइतबार हरारे मैदानमा भएको पाँचौँ टी–२० मा पनि भारतले जिम्बाब्वेलाई हराएको छ । योसँगै भारतले ५ खेलको टी–२० शृङ्खला ४–१ ले जितेको हो ।
पाँचौँ टी–२० मा जिम्बाब्वेले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ । कप्तान सिकन्दर रजाको निर्णय पावरप्लेसम्म सही साबित भयो । भारतले पावरप्लेमा कप्तान शुभमन, ओपनर यशस्वी र अभिषेक शर्माको विकेट गुमाएको थियो । त्यतिबेला स्कोर मात्र ४६ रन थियो ।
यसपछि सञ्जु सामसनले अर्धशतक बनाउँदै रियान परागसँग ६५ रनको साझेदारी गरे । सामसनले ५८ रन तथा परागले २२ रन बनाए । डेथ ओभरमा शिवम दुबेले चौका र छक्का प्रहार गर्दै टोलीको स्कोर १६७ रनमा पुर्याए । उनले १२ बलमा २६ रन जोडे ।
१६८ रनको लक्ष्य पछ्याउँदा मुकेश कुमार र शिवम दुबेले जिम्बावेलाई समस्यामा परेका थिए । मुकेशले पावरप्लेमा २ र १९ औँ ओभरमा थप २ विकेट लिए । शिवम दुबेले मध्य ओभरमा कसिलो बलिङ गर्दै २ विकेट लिए । जिम्बाब्वेको टोली १८.३ ओभरमा १२५ रनमा अलआउट भयो।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा