आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छ: मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका उनले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । उनले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । पदभार ग्रहण गर्न पुगे पनि उनी कर्मचारीको आन्दोलनका कारण त्यसै फर्किएका थिए ।
उनले भने, ‘अहिले क्याबिनेट बस्दै छ । तपाईंहरुका समस्याहरू मैले सुनेँ । तर यसलाई राम्रो ढङ्गबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’
उनले समस्या समाधानका लागि आफू तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण