परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ : मन्त्री राणा
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् । सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएकी हुन् । उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठुलो जिम्मेवारी भएको भन्दै यसलाई सही रूपमा सदुपयोग गर्दै लैजाने बताइन् ।
उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् । देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य रहेको बताउँदै राणाले दौत्य सम्बन्ध कायम रहेका देशहरूको सम्बन्धलाई अझै प्रभावकारी बनाउने बताइन् । उनले विदेशमा गएका नेपालीहरूलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्टित राष्ट्र हो । हामी एकदम ठुलो देशहरूको बीचमा छौँ । हाम्रो पूर्वजहरूले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ ।’ नेपाल पञ्चशीलमा विश्वास गर्ने देश भएको समेत उनले बताइन् ।
उनले भनिन्– ‘अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठुलो भूमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौत्य सम्बन्ध राखेका छौँ । यसलाई अझ प्रभावकारी बनाउनुपर्नेछ ।’ उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने समेत प्रतिबद्धता जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण