वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी
तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाट गाउँपालिका–५ की बालिकामाथि जबरजस्ती करणी भएको हो । प्रहरीले यस घटनामा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २२ वर्षीय ईश्वर थापा मगरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार थापाले आफूलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए । सामाजिक सञ्जालमा समेत उनले डा. सागर मगर (एमबीबीएस यूडीटीसी बंगलादेश) भनेर राखेका थिए ।
उनले गत जेठ ५ गते नाबालिकामाथि जबरजस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरिएको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
- नाबालिकामाथि बलात्कारका थप दुई घटना
यता तनहुँमा नै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
यसैगरी मकैबारीमा लगेर १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमाद नगरपालिका–७ बस्ने ३१ वर्षीय वीरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार २५ गते ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण