राज्यका कुनै निकायले उद्योगीलाई डर त्रास देखाउन मिल्दैन : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले डेडिकेटेड–ट्रंक लाइन विवादको समस्या समाधानमा प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर भएको बताएका छन् । उद्योगी–व्यवसायीसँग आज सिंहदरबारमा भएको छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई त्रास र आतङ्कको रूपमा लिनु नपर्ने बताए ।
‘उद्योगी–व्यवसायी माथि गैह्रकानूनी रूपमा राज्यका कुनै पनि निकायले दायित्व सृजना गर्न सक्दैन,’ अर्थमन्त्री पौडेलले भने, ‘उद्योगीलाई जथाभाबी बिल थमाउने र प्रमाण माग्दा प्रमाण दिन सक्दैन ।’ तर पठाएको बिलको रकम भुक्तानी गर्नुपर्ने दबाब निरन्तर आइरहन्छ । यस्तो हुन नहुने अर्थमन्त्रीको भनाई छ ।
अर्थमन्त्री पौडेलले डेडिकेटेड र ट्रंक लाइनको समस्याका कारण उत्पादन नै बन्द गर्न नहुने बताए । यसबाहेक उद्योगी–व्यवसायीमाथि डर र त्रास सृजना गर्ने तथा अनावश्यक दायित्व सृजना गर्न नमिल्ने उनको भनाई छ । ‘यदि कसैले डर र त्रास तथा अनावश्यक दायित्व सृजना गर्न खोजेमा त्यो सफल हुँदैन,’ पौडेलले थपे ।
यस्तै आगामी दिनमा डेडिकेटेड र ट्रंक लाइनको समस्या लिएर मन्त्रालय धाउन नपर्ने समेत पौडेलको भनाई छ । अर्थमन्त्री पौडेलको भनाइले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई समस्या पर्ने देखिएको छ । प्रधानमन्त्री ओलीले समेत उद्योगीसँगको विवाद समाधानमा भूमिका खेल्ने बताइसकेका छन् ।
यसमा अर्थमन्त्री पौडेलले पनि राज्यका निकायले अनावश्यक रुपमा निजी क्षेत्रमाथि दबाब, डर र त्रास दिन नमिल्ने बताए । तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा नेपाली कांग्रेसका मन्त्री छन् । ऊर्जा मन्त्रीको भूमिकाले समेत प्राधिकरणलाई कुन तहको अप्ठ्यारो पर्ने भन्ने देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण