शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल सुरू
काठमाडौँ । विगत पाँच महिनादेखि रोकिएको विद्यालय शिक्षा विधेयककमाथि छलफल सुरू भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबारदेखि छलफल थालिएको हो ।
हाल विधेयकमाथि संशोधन हालेका संशोधनकर्तासँग समितिले छलफल थालेको हो । यसअघि संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासँग समितिले छलफल गरेको थियो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमाथि संशोधनकर्तासँगको छलफल सुरू गरिएको बताए ।
विधेयकमाथि छलफलका क्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले विधेयक दुई वर्षमा पनि पुरा गर्न नसक्ने बताएका थिए । त्यसपछि सभापति थापाले चाँडो टुङ्ग्याउन समितिले पहल गर्ने बताएका थिए । समितिले आज पनि संशोधनकर्तालाई छलफलका लागि बोलाएको छ ।
‘विद्यालय शिक्षा विधेयक २०८०’ गत वर्षको भदौं २७ गते संसद्मा दर्ता भएको थियो । संसद्ले दफावार छलफलका लागि समितिमा पठाएको थियो । उक्त विधेयकमा १ सय ५२ वटा संशोधनकर्ताले संशोधन हालेका थिए ।
समितिले यसअघि नै सरोकारावालासँग एक चरणको छलफल गरिसकेको छ । यसअघिका समिति सभापति भानुक्त जोशी मन्त्री बनेपछि थापा सभापति बनेका थिए । त्यसपछि विधेयकमाथिको छलफल पातलिएको थियो ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले पेश गरेका विधेयकहरूमध्ये विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिन अनुरोध गर्दै सभापति थापालाई पत्र पठाएकी थिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण