शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल सुरू

काठमाडौँ । विगत पाँच महिनादेखि रोकिएको विद्यालय शिक्षा विधेयककमाथि छलफल सुरू भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबारदेखि छलफल थालिएको हो ।
हाल विधेयकमाथि संशोधन हालेका संशोधनकर्तासँग समितिले छलफल थालेको हो । यसअघि संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासँग समितिले छलफल गरेको थियो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमाथि संशोधनकर्तासँगको छलफल सुरू गरिएको बताए ।
विधेयकमाथि छलफलका क्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले विधेयक दुई वर्षमा पनि पुरा गर्न नसक्ने बताएका थिए । त्यसपछि सभापति थापाले चाँडो टुङ्ग्याउन समितिले पहल गर्ने बताएका थिए । समितिले आज पनि संशोधनकर्तालाई छलफलका लागि बोलाएको छ ।
‘विद्यालय शिक्षा विधेयक २०८०’ गत वर्षको भदौं २७ गते संसद्मा दर्ता भएको थियो । संसद्ले दफावार छलफलका लागि समितिमा पठाएको थियो । उक्त विधेयकमा १ सय ५२ वटा संशोधनकर्ताले संशोधन हालेका थिए ।
समितिले यसअघि नै सरोकारावालासँग एक चरणको छलफल गरिसकेको छ । यसअघिका समिति सभापति भानुक्त जोशी मन्त्री बनेपछि थापा सभापति बनेका थिए । त्यसपछि विधेयकमाथिको छलफल पातलिएको थियो ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले पेश गरेका विधेयकहरूमध्ये विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिन अनुरोध गर्दै सभापति थापालाई पत्र पठाएकी थिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्
-
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
-
संवैधानिक निकाय पदाधिकारीविहीन, कहाँ कहाँ छन् रिक्त ?
-
उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ५१ जनाको मृत्यु
-
युवा सङ्घको महाधिवेशन आजदेखि, अध्यक्षमै रस्साकस्सी बढी
-
रुकुम पश्चिममा करेन्ट लागेर कर्मचारीको मृत्यु