मुख्यमन्त्री जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । ६ साउनमा विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो ।
बिहीबार काठमाडौँको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनले ६ साउनमा प्रदेश सभा बैठक डाकेको उल्लेख गर्दै राप्रपाको संसदीय दलको बैठकले उनलाई विश्वासको मत नदिने निर्णय गरेको बताए ।
‘राप्रपा संसदीय दलको बैठकले मुख्यमन्त्री जमकट्टेलको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको छ । हामी एमाले र कांग्रेसको नयाँ सरकारमा पनि सहभागी हुँदैनौ र अहिलेका मुख्यमन्त्रीलाई पनि विश्वासको मत दिँदैनौँ,’ उनले भने ।
२०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई राप्रपाले समर्थन गरेको थियो भने सरकारमा समेत सहभागी भएको थियो । तर तत्कालीन गठबन्धन टुटेपछि १३ फागुनमा सरकारबाट बाहिरिएको राप्रपाले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिएको थियो भने २०८० चैत १९ गते तेस्रो पटक विश्वासको मत लिँदा तटस्थ बसको थियो ।
राप्रपाका उपनेता तामाङले कांग्रेस र एमालेको गठबन्धनबाट बन्ने सरकारलाई भने समर्थन गर्ने निर्णय भएको पनि बताए । उनले नयाँ गठबन्धनबाट बन्ने सरकारलाई समर्थन गरेपनि सरकारमै भने सहभागी नहुने दाबी गरे ।
तत्कालीन सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरू पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । उनले यही साउन ६ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण