निर्माण व्यवसायीहरूको भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध गराउने अर्थमन्त्रीको आश्वासन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा भेट गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा गलत सन्देश गएको स्विकार गरे ।
विकास निर्माणसँग सम्बन्धित् मन्त्रालयका सचिवहरूसँग परामर्श गरी अविलम्ब निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा आफूले छलफल गरिसकेको उनले बताए । निर्माण व्यवसायीहरूका अन्य समस्या पनि क्रमश ः सम्बोधन हुने जानकारी गराउँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले व्यवसायीहरूले पनि तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने खाँचो औँल्याए ।
निर्माण व्यवसायीहरू नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्मगौरवका साथ कार्य गर्न उनले निर्माण व्यवसायीहरूलाई सुझाव दिए । महासंघ अध्यक्ष रवि सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल समक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्रझै सहुलियत दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण