विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज भिड्दै
काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा शुक्रबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । खेल श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ ।
भारत र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, राति १९ः १५ बजे सुरु हुनेछ । नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । समूहको पहिलो खेल शुक्रबार नै नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच खेलिएको थियो ।
त्यो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको थियो । एक खेल खेलेको नेपाल दुई अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म सञ्चालन हुने महिला एसिया कपको नवौँ संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण