कतार पुगेर ईश्वर पोखरेलले भने- ओली सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्छ
कतार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्ने बताएका छन् । शुक्रवार प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ रेमिट्यान्सलाई राज्यले कसरी व्यवस्थित गर्ने एमाले नेतृत्वको सरकारले गर्छ । रेमिट्यान्सको पहिला उत्पादनमा लगाउनुपर्छ ।’
पोखरेलले उद्योग चलाएर उत्पादनमा जोड दिए मात्र नेपाली श्रमिकलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताए । देशमा रेमिट्यान्स भित्र्याउन अन्य क्षेत्रका श्रमिकको भन्दा खाडी क्षेत्रमा काम गरेका नेपालीहरूको योगदान बढी रहेको बताउँदै उनले प्रवासमा श्रम गरेर नेपालीहरूले आफ्नो परिवार र समाज धानेको बताए ।
अर्को एक प्रसङ्गमा पोखरेलले लिपुलेक लिम्पियाधुरा समेटेर नक्सा जारी गर्ने पार्टी एमाले भएको बताउँदै २००८ सालमा मातृका कोइराला प्रधानमन्त्री हुँदा १७ जना चेकपोस्ट राख्ने निर्णयमा सम्झौता समेत भएको स्मरण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अग्रहरीयाले देशलाई समृद्ध बनाउन एमालेको आवश्यक रहेको बताए । उनले अब नेपालमा सानो पार्टीको काम नरहेको समेत बताए । अग्रहरीयाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला प्रत्येक पालिकामा १५ बेडको अस्पताल सुरुवात भएको बताउँदै देश विकासका लागि एमालेको आवश्यकता रहेको बताए ।
उनले मधेसका पार्टी विगतदेखि पद लोलुपताका कारण फुट्दै गएको बताए । कार्यक्रममा नेकपा एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले नेपाली श्रम र सिपलाई नेपालमै राख्न वर्तमान सरकारले पहल गर्ने बताए ।
मञ्चका संयोजक अफ्सर खानको सभापतित्वमा भएको अधिवेशनको बन्द सत्र आजै सुरु हुने जनाइएको छ । नेतृत्व चयनको लागि ३ सय २१ जना प्रतिनिधि अधिवेशनमा सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण