निश्चल प्रेमको आकृति
समय अनुसार अर्थ नै बदली रहने
मायाको मैले भेउ पाउन छोडे,
कैले यसको पछि आफू त
कैले आफ्नो पछि यो ।।
जति उमेर सानो छ आफ्नो मायामा
अरू कुदेको थाहा पाए,
तर जति बढ्छ उमेर आफूले यसलाई
पाउन कुदिने भेउ पाए ।।
विराट संसार लाग्छ आफ्नै
अँजुली भित्र कैद,
जब प्रेमिल मानिस मुस्कुराउँछ
आफ्नै आँखा अगाडि,
तारापुन्जहरूको बर्सात हुन्छ धर्ती माथि,
प्रेमिल तरङ्गले सुन्दर हुन्छ
मानव बस्ती ।।
त्यो बगैँचाले आफ्नै निमित्त
फूलहरू सजाए जस्तो,
फूलहरू आफैँसँग लजाए जस्तो,
कोपिलाहरूले सुसज्जित यौवनकाल
पर्खिए जस्तो,
वयस्कहरू आफ्नै विगत सम्झेर
रमाए जस्तो ।।
प्रेमको पथ सुन्दर लाग्छ,
कल्पनामा अझै सुन्दर हुन्छ!!
यथार्थमा छोएर लाग्ने दाग भन्दा
सपनाको संसारमा अझै मूल्यवान् हुन्छ।।
अधिक सामीप्यमा, सुन समेत पित्तलमा
परिणत भएको आभास हुन्छ,
निश्चल सरोवर पनि छोए पछि नै
धमिलिन्छ,
त्यसैले माया कहिले कहीँ,
केवल दृष्टिका लागि मात्र बनेका हुन्छन्,
केबल महसुसका लागि अवतरित हुन्छन्,
जसरी,
प्रकृतिलाई हेर्दा आनन्द मिल्छ,
त्यो अमूल्य प्राण रक्षाको वायु पनि
केवल महसुस मात्र गर्न सकिन्छ,
जसले सम्पूर्ण जीवन अस्तित्व बचाएको छ ।।
तसर्थ पनि
माया, जन्म जन्मको निमित्त अमर हुन्छ,
जब आफैँ र ईश्वरबाट सृष्टि भएको
दिव्यता सँग गर्न सकिन्छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण