आइतबारदेखि नेपाल र रसियन टिमबिच मैत्रीपूर्ण भलिबल
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबिच हुने मैत्रीपूर्ण खेल आइतबारदेखि सुरु हुने भएको छ ।
शनिबार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी नेपाल र रसियन टोलीबिचको दुई मैत्रीपूर्ण खेल साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने जानकारी दिइयो ।
नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुनेछ ।
नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो ।
टोलीको प्रशिक्षक जगदीश भट्ट छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् ।
नेपालको टोलीमा अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी रहेका छन् ।
नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण