सरकारको पहलमा बंगलादेशमा अध्ययनरत १७ नेपाली विद्यार्थीहरूलाई काठमाडौँ ल्याइँदै
काठमाडौँ । सरकारले बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीहरूलाई आइतबार बिहान काठमाडौँ फर्काउने भएको छ । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुका परिवारको माग बमोजिम १७ जना विद्यार्थीहरुलाई काठमाडौँ फर्काउने तयारी गरिएको हो ।
शनिबार ती विद्यार्थीका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विद्यार्थी फर्काउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत १७ विद्यार्थीहरुलाई आइतबार बिहान काठमाडौँ फर्काइने बताएका छन् ।
प्रधानमन्त्रीले भनेका छन्- ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्। ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो। परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ।’
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको छ । आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ । आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण