सिमलताल पहिरो : दोस्रो दिन पनि बेपत्ता बसको खोजीमा जुट्यो भारतीय टोली

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।
भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। भारतीय टोलीले हिजोबाट खोजी कार्य सुरु गरेको थियो ।
असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।
बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही