सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् ।
सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ ।
प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना