ओलीको निर्देशनपछि लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै
बुटवल । एमाले नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री हुने भएका छन् । यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन आएको रातोपाटीलाई बताए।
केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पार्टी केन्द्रले जे निर्देशन दियो त्यही मान्ने बताए । आचार्य एमाले लुम्बिनी संसदीय दलका उपनेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण