सहयोगीको बयान- ‘साँझ ३ जना आएका थिए, मैले ओछ्यान मिलाइदिएँ’

काठमाडौँ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत भेटिएका रामचन्द्र रायको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । राय पूर्वराज्यमन्त्री हुन् ।
हत्यापछि पूर्वराज्यमन्त्रीको घरमा सहयोगीको रूपमा कार्यरत राम उजेन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २१ वर्षीय रायले गए राति घरमा ३ जना मानिसहरू आएको बताएका छन् । प्रहरीसँगको बयानमा युवकले भनेका छन्– ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यही बस्ने भनेपछि उहाँ (पूर्वराज्यमन्त्री) को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ ।’
ओछ्यान मिलाएर आफू माथिल्लो तलामा सुत्न गएको रायले प्रहरीसँग बताएका छन् । पूर्व मन्त्रीका आफन्तहरूले राति साढे ११ बजेतिर घटना भएको जानकारी पाए । ८० वर्षीय रायको टाउकोको बायाँ पट्टिको भागमा चोट लागेको छ ।
राम उजेनको भनाइलाई यकिन गर्न पोलिग्राफ परीक्षण गराउन लागिएको मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने– ‘पोलिग्राफ परीक्षण गराउँदैछौँ ।’ पोलिग्राफ परीक्षण गर्दा ढाँटेको पत्ता लाग्छ ।
घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर लगेर अनुसन्धान गरिएको छ । राति आएका ३ जनाले जग्गाबारे कुरा गरेको राम उजेनले बताएका छन् । उनले भनेका छन्– ‘जग्गाको विवाद मिलाइदिनुपर्यो भनेको सुनेको थिएँ, त्यसपछि म सुत्न गएँ ।’
बाहिरबाट आउने ३ जना र पूर्वराज्यमन्त्री भुइँतलामा सुतेको युवकले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग