सहयोगीको बयान- ‘साँझ ३ जना आएका थिए, मैले ओछ्यान मिलाइदिएँ’
काठमाडौँ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत भेटिएका रामचन्द्र रायको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । राय पूर्वराज्यमन्त्री हुन् ।
हत्यापछि पूर्वराज्यमन्त्रीको घरमा सहयोगीको रूपमा कार्यरत राम उजेन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २१ वर्षीय रायले गए राति घरमा ३ जना मानिसहरू आएको बताएका छन् । प्रहरीसँगको बयानमा युवकले भनेका छन्– ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यही बस्ने भनेपछि उहाँ (पूर्वराज्यमन्त्री) को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ ।’
ओछ्यान मिलाएर आफू माथिल्लो तलामा सुत्न गएको रायले प्रहरीसँग बताएका छन् । पूर्व मन्त्रीका आफन्तहरूले राति साढे ११ बजेतिर घटना भएको जानकारी पाए । ८० वर्षीय रायको टाउकोको बायाँ पट्टिको भागमा चोट लागेको छ ।
राम उजेनको भनाइलाई यकिन गर्न पोलिग्राफ परीक्षण गराउन लागिएको मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने– ‘पोलिग्राफ परीक्षण गराउँदैछौँ ।’ पोलिग्राफ परीक्षण गर्दा ढाँटेको पत्ता लाग्छ ।
घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर लगेर अनुसन्धान गरिएको छ । राति आएका ३ जनाले जग्गाबारे कुरा गरेको राम उजेनले बताएका छन् । उनले भनेका छन्– ‘जग्गाको विवाद मिलाइदिनुपर्यो भनेको सुनेको थिएँ, त्यसपछि म सुत्न गएँ ।’
बाहिरबाट आउने ३ जना र पूर्वराज्यमन्त्री भुइँतलामा सुतेको युवकले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण