नेप्से सूचक ७५.३३ अंकले बढ्यो, १४ अर्बमाथिको कारोबार
काठमाडौँ । लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन । अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार ७५.३३ अंकले बढ्दै २५ सय ६३.४३ विन्दुमा उक्लिएको छ । यो २९ महिना यताकै उच्च विन्दु हो ।
यसअघि २०७८ चैत अन्तिममा नेप्से सूचक २५ सयको विन्दुमा थियो । मंगलबार कारोबारमा समेत उच्चता आउँदै १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी शिभम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार बोटलर्स नेपाल, संवृद्धि फाइनान्स कम्पनी, माण्डू हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेरहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशतमाथिले बढेको छ ।
१३ वटा उपसूचकमध्ये मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ५.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको ४.४५ प्रतिशतले र निर्जीवन बीमा समूहको उपसूचक ४.३७ प्रतिशतले बढेको छ । अरू बाँकी १० वटा उपसूचक १ प्रतिशतमाथिले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण