मनास्लुमा सर्वाधिक पर्यटक
पोखरा । गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै उच्च सङ्ख्यामा पर्यटक पुगेका छन् । आर्थिक वर्ष २०८०-८१ मा ९ हजार ७ सय ८२ विदेशी पर्यटकले एमक्यापको भ्रमण गरेका हुन् । अघिल्लो वर्ष २०७९-८० मा ७ हजार ७ सय ५ पर्यटक मनासलु गएका थिए ।
कोरोना र अन्य विभिन्न कारणले त्यसअघिका वर्षहरूमा उल्लेख्य उपस्थिति छैन । २०७८-७९ मा २ हजार २ सय ८४ जनाले मात्रै मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।
पछिल्ला वर्षहरूमा पर्यटकको आगमन बढ्दै गएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । ‘१० हजार पर्यटक आउँछन् भन्ने हाम्रो लक्ष्य थियो । करिब ९८ प्रतिशत प्रगति हासिल भएको छ,’ उनले भने, ‘यो वर्ष १५ हजार पर्यटक भित्र्याउने योजना छ । सबैको साथ पाइयो भने लक्ष्य प्राप्त हुन्छ ।’ कोरोनाकालका ४ वर्षमा पर्यटक लगभग शून्यप्रायः थियो ।
आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा कम १ सय ९४ जना पुगेका थिए भने, २०७६÷७७ मा ५ हजार ३ सय ३८ र २०७५÷७६ मा ७ हजार ६ सय ५५ जना गएका तथ्याङ्क छ । मनास्लु पनि निषेधित क्षेत्र हो । स्थानीयहरूले पर्यटकको सङ्ख्या बढाउनका लागि निषेधित क्षेत्रबाट हटाउनुपर्ने आवाज उठाउँदै आएका छन् । तर कार्यान्वयन भएको छैन । मनास्लु प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले प्रति व्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्छ ।
यसबाहेक चुम र नुब्री प्रवेशमा छुट्टै रकम तिनुपर्ने शेरचनले सुनाए । चुमभ्यालीमा जान एक साताका लागि सिजनका बेला प्रतिव्यक्ति ५० डलर र अन्य समयमा २५ डलर तिर्नुपर्छ । नुब्री जानका लागि सिजनमा ७० डलर र सामान्य समयमा ३५ डलर बुझाउनुपर्ने शेरचनले बताए । त्यसबाहेक प्रत्येक दिन भ्रमण थप्दा रकम पनि थप्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण