आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।
नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका छन् । अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए ।
बैठकमा आईकाओको सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र समितिमा बुझाउन निर्देशन दिँदै उनले प्राधिकरण टुक्र्याउने विधेयक कहाँ कस्तो अवस्थामा छ जानकारी उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । त्यस्तै कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प अरु हुन सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल भएको छ ।
बैठकमा नेपालका एयरलाइन्सले बिजनेस किन नपाउने भन्ने प्रश्न समेत समितिले राखेको छ भने यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिएको छ । बैठकमा ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क-कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत समितिले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण