मौद्रिक नीतिको पूर्वसन्ध्यामा सेयर बजारमा उत्साह, नेप्से ३२ अंकले बढ्यो
काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले बढेको छ । कारोबार सुरु भएको समयमा घटे पनि अन्तिम समयमा परिसूचक बढेर बन्द भएको हो । मौद्रिक नीतिको पूर्वसन्ध्यामा १.२६ प्रतिशत बढ्दा परिसूचक २५६८.११ अंक पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९६ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर छ ।
बिहीबार एउटा १० प्रतिशत बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । बिहीबार १३ मध्ये ४ समूहको सूचक घटेको छ । विकास बैंक समूह, जलविद्युत समूह, लगानी समूह र अन्य समूहको सूचक समेत घटेको छ ।
बुधबार सेयर सूचक घटेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा सूचक घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण