दोलखाको कालिञ्चोकमा महिला मृत फेला, हत्या आशंका
हेटौंडाबाट कुकुर ल्याइँदै
बिहीबार, १० साउन २०८१, १५ : ३०
काठमाडौँ । दोलखाको कालिञ्चोकमा ७५ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् । कालिञ्चोक गाउँपालिका–६ स्थित पाटागाउँमा पदम कुमारी सुनुवार मृत अवस्थामा भेटिएकी हुन् ।
घरमा घोप्टो परेको अवस्थामा शव भेटिएको दोलखाका डीएसपी युवराज खड्काले रातोपाटीलाई बताए । शव नजिकै रगत लागेको अवस्थामा खुकुरी भेटिएको छ ।
अनुसन्धानका लागि हेटौंबाट तालिमप्राप्त कुकुर मगाइएको डीएसपी खड्काले जानकारी दिए । घटनाबारे बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या आशंकामा प्रहरीले घटनास्थल सिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण