गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
गुल्मी । गुल्मीका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । जिल्लाका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।
साउनको दोस्रो सातासम्म जिल्लामा ८६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । जिल्लामा सात हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमध्ये ६ हजार सात सय ८९ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्षको तुलनामा यसपटक रोपाइँ गरेको क्षेत्रफल बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै गएको छ । रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण काम गर्ने जनशक्ति अभाव, बढ्दो बसाइसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्र्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेको उनले बताए ।
गत वर्ष यस अवधिसम्ममा ७० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गरिएको थियो । समयमा पानी परेका कारण किसानले यस पटक छोटो अवधिमा धेरै खेतमा धान रोप्ने अवसर पाएका प्रमुख भण्डारीले बताए । जिल्लाको कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये यसवर्ष ९० प्रतिशत खेतमा मात्र रोपाइँ हुनसक्ने उनको भनाइ छ ।
गत वर्षको तुलनामा जिल्लामा यसवर्ष समयमा वर्षा सुरु भएसँगै किसान रोपाइँमा व्यस्त भएका हुन् । यस पटक धान रोप्न आकाशे पानीको भर पर्नुपरेन । समयमै पानी परेपछि सिँचाइको समस्या नभएको प्रमुख भण्डारीले बताए । जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट धान उत्पादनका पकेट क्षेत्र हुन् ।
गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिन्छ भने अन्य सबैमा बर्खे धान लगाउने गरिन्छ । मकैपछि दोस्रो प्रमुख बालीको रूपमा रहेको यस जिल्लामा गतवर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण