लापसे गरी सवारी साधन चलाउने ६ जना पक्राउ
काठमाडौँ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०६-००१ ज ०१ ७२ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का २५ वर्षीय अनिक चौधरी, प्रदेश २-०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ का ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ७ का २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँकेको कोहलपुर नगरपालिका २ का ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका भाडा बस चालक तनहुँको म्याग्दी गाउँपालिका १ का ३९ वर्षीय कर्ण बहादुर गुरुङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्याङ्कर चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ६ का ४८ वर्षीय रविलाल मानन्धरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङ्गामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण