शहरी ऐन छिटो पारित गर्न नेपाल जग्गा तथा आवास विकास महासंघको माग
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालनका लागि कानुन बनाइ चाँडो कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
शनिवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर महासंघले निजी क्षेत्रसँगको सहकार्यमा जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्नेकुरा नीति तथा कार्यक्रममा पास भइसकेकाले कानुन बनाएर चाँडो कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो । भेटबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन छिटो भन्दा छिटो पास गर्न माग गरेको बताए ।
उनले काठमाडौं उपत्यका विकास प्राधिकरण ल्याण्डपुलिङको काम ग्रिरहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउन आग्रह गरेको जानकारी दिए । टुक्रे आयोजना निष्क्रिय बनाएर ठूला आयोजनाका लागि निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन पनि माग गरेको अध्यक्ष लोहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण