सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप जाँच गरेको छ ।
मन्थली नगरपालिका–१ स्थिति कार्यालय अगाडि शनिबार बिहान खिम्ति–मन्थली–सेलेघाट क्षेत्रमा चल्ने सवारी साधनका चालकहरूको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा आयोजना गरिएको कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।
सो क्रममा खिम्ति–मन्थली–सेलेघाट चल्ने साना–ठुला सवारी साधनका ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १० जना चालकको रक्तचाप बढी तथा कम देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएका चालकलाई अस्पतालका डाक्टर केशवसिंह धामीले स्वास्थ्य सतर्कता अपनाउन आवश्यक परामर्श दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण