शरणार्थीले आश्रय लिएको विद्यालयमा इजरायली हमला, कम्तीमा ३० जनाको मृत्यु
शनिबार, १२ साउन २०८१, १७ : ४९
गाजा । इजरायली सेनाको पछिल्लो आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएको विद्यालयमा आक्रमण भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको हो।
उता इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ। यसअघि इजरायली सेनाले आतङ्ककारी गतिविधि र रकेट हमलालाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँ समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो। इजरायली रक्षा बलले गत हप्ता यस्तै आदेश जारी गर्दै आवासीय क्षेत्रको सिमाना परिवर्तन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण