योजना सञ्चालनमा ढिलाइ नगर्न मधेसका मुख्यमन्त्रीको निर्देशन
महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छन् ।
मधेस शिक्षा तथा संस्कृति मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले चालु आवमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मन्त्रालयका सचिवसहितका कर्मचारीलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले भने- “तपाईँहरू काम गर्नुहोस्, कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ ।” तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेस प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भएर नतिजामुखी कार्य गर्नुपर्ने बताए ।
शिक्षा तथा संस्कृति मन्त्रालयले गत आवमा ५१ प्रतिशत बजेट खर्च गरेको छ । कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने बताए । प्रदेशमा विकास कार्यलाई गति दिन मन्त्री तथा कर्मचारीबिच समन्वय गरेर बढ्नुको विकल्प नरहेको मन्त्री तिवारीले बताए ।
शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले सुख सुविधाभन्दा आफूले कामलाई प्राथमिकता दिएकाले जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्न निर्देशन दिए ।
“तपाईँहरू कार्य अगाडि बढाउनुस्”, उनले भने, “बाधा अवरोध फुकाउने जिम्मा मेरो छ ।” काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री तिवारीले आफू सुखसुविधाका लागि नभएर काम गर्न आएकाले कामप्रतिको बेवास्ता नगर्न पनि कर्मचारीलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण