१८ पदाधिकारी छान्न माधव नेपाललाई सकस, आकांक्षीको ओइरो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका १८ जना पदाधिकारी छान्न सो पार्टीलाई सकस परेको छ ।
असार २१ गते ९३ सदस्यीय अपुरो केन्द्रीय समिति बनाएको सो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय पदाधिकारी चयन गर्ने भएको छ । त्यसका लागि सो पार्टीले २९९ सदस्य चयन गरेर बाँकी पदाधिकारी मतदानमार्फत चयन गर्ने भएको हो ।
‘७ सचिवका लागि ३५ को दाबेदारी परेको छ । यस्तो अवस्थामा नेतृत्वले पदाधिकारी चयन गर्न सक्ने अवस्था भएन’,सो पार्टीका एक शीर्ष नेताले भने, ‘बाँकी पदाधिकारी चयन गर्न केन्द्रीय कमिटी सदस्यको मतदानमार्फत गर्नुपर्ने देखिएको छ ।’
केन्द्रीय समिति सदस्य छान्न नै सकस भएको सो पार्टीमा पहिला केन्द्रीय समिति सदस्यलाई पूर्णता दिने र त्यसपछि पदाधिकारी छान्ने नेतृत्वबिच मोटामोटी सहमति भएको छ । १४ गते पूर्णता दिने भनिएको केन्द्रीय समितिमा नेताहरूको व्यवस्थापन कठिन बन्दा दुई दिनपछि सरेर साउन १६ गतेलाई सारिएको छ ।
एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी १८ जना पदाधिकारी छान्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण