एक वर्षमा जिल्ला प्रशासन कार्यालयमा रौतहटमा पर्यो ९ सयभन्दा बढी उजुरी, अधिकांश फर्छ्यौट
रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटमा एक वर्षको अवधिमा ९ सयभन्दा बढी ठाडो उजुरी परेको छ। गत आर्थिक वर्ष २०८०!८१ को असार मसान्त सम्म कुल ९२३ ठाडो उजुरी परेको हो। शान्ति सुरक्षा, लेनदेन, जग्गा जमिन सम्बन्धी लगायतको विषयमा परेको उक्त उजुरी मध्ये अधिकांश फर्छ्यौट भइसकेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
त्यसैगरी सार्वजनिक अपराध हाल केही अभद्र व्यवहार तथा शान्ति विरुद्धको कसुरमा एक वर्षको अवधिमा २२० मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षको समेत गरी कुल ३६४ मुद्दा फर्छ्यौट भएको रेग्मीले जानकारी दिए।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या घटेको छ। अघिल्लो आर्थिक वर्षमा १२ हजार ७ सय ४८ जनाले राहदानी लिएको स्थानमा गत आर्थिक वर्षमा मात्र ९ हजार २१ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख गरिएको छ ।चन्द्रपुर नगरपालिकाका बासिन्दाहरूले इलाका प्रशासन कार्यालय हरिवन सर्लाहीबाट राहदानी बनाउने गरेको कारण रौतहटमा राहदानी लिनको सङ्ख्या घटेको हो ।
त्यसैगरी ९ हजार ३५३ जनाले राहदानीको सिफारिस लिएका छन्।
गत आर्थिक वर्षमा कूल १० हजार ९ सय ४७ जनाले वंशज,७ सय ३७ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको र १७ हजार ६८२ जनाले नागरिकताको प्रतिलिपि लिएको उल्लेख गरिएको छ। त्यस्तै सोही अवधिमा १९ हजार ९ सय ८८ विवाह दर्ता,२ नयाँ दर्ता सहित २५३ संस्था नवीकरण, र २२९ हात हतियार अनुमति पत्र नवीकरण भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण